आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) ३१८ पाठक संख्या

श्रावण ९ काठमाडौं:

चलचित्र निर्माता छविराज ओझा र उनकी कान्छी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गराएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । मुद्दा दर्ता भएसँगै पक्राउ आदेश लिन प्रहरी काठमाडौं जिल्ला अदालत पुगेको थियो । अदालतले बुधबार नै पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले छवि र सिल्पालाई प्रहरीले खोजी गरिरहेको बताए । उनले भने, ‘उनीहरूविरुद्ध बहुविवाहको मुद्दा दर्ता भयो । मुद्दा दर्ता हुनु भनेको अनुसन्धानको बाटो खुल्नु हो । यस क्रममा दुवैलाई पक्राउ गर्नुपर्ने हुन्छ । अदालतले पक्राउका लागि अनुमति दिइसकेको छ । हामीले दुवैलाई खोजी गरिरहेका छौँ । तर, पक्राउ गर्न भने सकिएको छैन ।’

प्रहरीका अनुसार ५६ वर्षीय छवि र २६ वर्षीया शिल्पाबीच ०७३ को असारमा विवाह भएको थियो । तर, कानुनी रूपमा विवाह दर्ता भने ६ महिनाअघि मात्रै भएको थियो । सोही आधारमा छविकी जेठी श्रीमती हेमाले दुईविरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् । प्रहरी परिसर काठमाडौंअन्तर्गतको कालिमाटीस्थित महिला सेलबाट उनीहरूविरुद्धको मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार छवि र हेमाबीच ०४१ मा विवाह भएको थियो ।

नेपाली चलचित्रकी तत्कालीन नायिका गिताञ्जली सुनुवारसँग सम्बन्ध झाँगिएपछि हेमा छविबाट टढिएकी थिइन् । सुनसरी धरान–१ मा एक्लै बस्दै आएकी ५३ वर्षीया हेमाले वैवाहिक जीवनको ३५ वर्षपछि मात्रै छविविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । गीताञ्जलीले आत्महत्या गरेपछि छवि रेखा थापासँग नजिकिए । १२ वर्षसम्म लिभिङ इन रिलेसनसिपमा रहेका छवि र रेखाको सम्बन्ध टुंगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस