आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषामा एकै परिवारका दुई छोराको डुबेर मृत्यू

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) ३२६ पाठक संख्या

श्रावण ९ जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एकै परिवारका दुई छोराको डुबेर मृत्यू भएको छ ।अन्दाजी वर्ष १३ का आदित्य लायो र उनकै कान्छो भाई आकाश लायोको डुबेर मृत्यू भएको हो ।

गणेशमान चारनाथ नगरपालिका वडा नं. २ बिरेन्द्र बजार बस्ने स्थानीय सबिन लायोका दुई छोराको पोखरीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घरबाट नुहाउनको लागि पोखरीमा गएका दुबै छोराइको डुबेर मृत्यू भएपछि स्थानीयले परिवारजनलाई जानकारी गराएको थियो । त्यसपछि उनीहरुको शव पोखरीबाट बाहिर निकालेर प्रहरीलाई जानकारी दिएको छ ।
पोखरीमा पानीको सतह बढी भएकोले पौड्न नसकेर डुबेको बताइएको छ ।

मृतक दुबैको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । यस घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस