आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नक्‍कली स्मार्ट लाइसेन्स बनाउने दुई जना बारा बाट पक्राउ

AuthorAP Khabar२०७६ श्रावण ९, बिहिबार (४ साल अघि) २८६ पाठक संख्या

श्रावण ९ जीरपुर:
नक्‍कली सवारी चालक अनुमती पत्र (स्मार्ट लाइसेन्स) बनाउने गिरोहमा संलग्न दुईजनालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ का ३१ वर्षीय दीपक अर्याल र वीरगन्ज महानगरपालिका १५ का ४७ वर्षीय दीपक ठाकुर रहेका छन् ।

नक्‍कली लाइसेन्स बनाएर ठगि गरिरहेको उजुरी परेपछि प्रहरीले अर्याललाई जीतपुरबाट पक्राउ गरेको हो। प्रहरीले अर्यालको साथबाट पाँच थान नक्कली स्मार्ट कार्ड लाइसेन्स र लाइसेन्स लिन बुझाएको रसिद भरपाई समेत बरामद गरेको छ । अर्याल पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले ठाकुरलाई वीरगन्जबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अर्यालले जीतपुरका १२ जनाभन्दा बढी स्थानीयसँग रकम लिएर नक्‍कली लाइसेन्स दिई किर्ते ठगि गरेका हुन्। अर्यालले हेभी लाइसेन्स बनाइदिने भन्दै ५० हजार र लाइट लाइसेन्स बनाइदिने भन्दै १० हजारका दरले स्थानीयसँग रकम लिने गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस