आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैयाको बृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

AuthorAP Khabar२०७६ श्रावण १०, शुक्रबार (४ साल अघि) ३१० पाठक संख्या

पथलैया, १० साउन ;

जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित सिटिजन्स बैंकले बृद्धबृद्धाको संरक्षण गर्दै आएको जेष्ठ नागरिक बृद्धाश्रमलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

पथलैयामा रहेको बृद्धाश्रमलाई बैंकले एक कार्यक्रमकाबीच ५० हजारको चेक हस्तान्तरण गरेको हो । बैंकका शाखा प्रवन्धक संजोगलाल जोशीले बृद्धाश्रमका अध्यक्ष जिवन कालिकोटेलाई चेक हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेका बृद्धबृद्धाको स्याहार, कपडा र भोजनका लागि सहयोगार्थ चेक हस्तान्तरण गरिएको प्रवन्धक जोशीले बताए । बैंकले उपलब्ध गराएको सहयोगले आश्रममा रहेका बृद्धबृद्धालाई केही राहत पुग्नेमा आफूहरु आशावादी रहेको प्रवन्धकको भनाई छ ।

बृद्धाश्रमका अध्यक्ष कालिकोटेले बृद्धबृद्धाको संरक्षणका लागि बैंकले उपलब्ध गराएको रकमबाट धेरै राहत पुग्ने बताए । सिटिजन्स बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका सुशिल दहाल, अहिश कट्वाल र पुष्पराज भण्डारीलगायत सहभागी थिए ।
तस्वीर ः बृद्धाश्रमका अध्यक्षलाई चेक हस्तान्तरण गर्दै बैंकका प्रवन्धक ।

प्रतिक्रिया दिनुहोस