आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्पले टोक्दा प्युठानमा एक बालकको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण १५, बुधबार (४ साल अघि) २१३ पाठक संख्या

श्रावण १५ प्युठान;

सर्पको टोकाइबाट प्युठानको सोत्रेमा एक बालकको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर-५ सारी घर भएका १० वर्षीय बालक सुसान्त अधिकारीको सर्पले टोकेर मृत्यु भएको हो ।

उनलाई सोमवार साँझ सर्पले डसेको थियो । सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।

अधिकारी स्वर्गद्वारी नगरपालिका वडा नम्बर-७, सोत्रे मावलि घरमा बसेर पढ्दै आएका थिए । उनका आमा-बुवा रोजगारीका लागि भारतमा छन्। बालकको मंगलवार दासस्कार गरिएको स्वर्गद्वारि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिरामणि भण्डारीले जानकारी दिए ।

#सर्पले टोकेर
सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस