आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गैडाकोटमा फ्लेक्स हटाउने अभियान सुरु

AuthorAP Khabar२०७६ श्रावण १८, शनिबार (४ साल अघि) ८०० पाठक संख्या

चितवन,साउन १८ : सडक छेउछाउका पोलमा टाँगिएका अव्यवस्थित फ्लेक्सले नगरको सुन्दरता कुरुप बनाएको भन्दै गैडाकोटमा फ्लेक्स हटाउने अभियान सुरु गरिएको छ । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल आफै उपस्थित भएर पोलमा टागिँएका फ्लेक्स लगाएतका सामाग्री हटाएका हुन् । उनिसंगै गैडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल र गैडाकोटका सरसफाई तथा हरियाली अभियानका अभियान्ताहरु सहभागी थिए ।

प्रमुख पौडेलले गैडाकोटलाई सफा र सुन्दर सहरका रुपमा विकास गर्न अव्यवस्थित फ्लेक्स हटाइएको बताए । उनले भने,‘नगरपालिकासंग समन्वयनै नगरी फ्लेक्स राख्ने गरिएको छ, फ्लेक्स राख्ने तर हटाउने तर्फ कसैले ध्यान नदिँदा त्यसले नगर कुरुप बनाएको छ ।’ उनले सडक छेउकै फ्लेक्सकै कारण दुर्घटना समेत बढेको बताए । अभियानलाई निरन्तरता दिइने भन्दै उनले नगरपालिकाको समन्वय विना फेरी फ्लेक्स राखे कारवाही गर्ने चेतावनी दिए ।

सफा सुन्दर हरियाली गैडाकोट निरन्तर शनिबार अभियान को १६ औं श्रृङखला अन्तरगत वृक्षारोपण र फ्लेक्स हटाउने काम गरिएको कार्यक्रमका संयोजक गणेश सापकोटाले बताए । उनले हप्ताएको एक दिन एक घण्टा समाजका लागि दिने उदेश्यले अभियान संचालन गरिएको जानकारी दिए । १६ औं श्रृङखलासम्म आइपुग्दा यसमा जोडिनेहरुको सङख्या बढ्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस