आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हुम्लाका दुईजना किशोरी सम्र्पकविहीन

AuthorAP Khabar२०७६ श्रावण १८, शनिबार (४ साल अघि) २७० पाठक संख्या

हुम्ला, साउन १८ : हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन् ।

लक्षुका काफ्ले भने रातो गौ गोरो अनुहार कि दाहिने आँखामुनि खत भएकी रातो कुर्ता सुरुवाल लगाएकी कोट माविमा कक्षा ८ मा अध्ययन गर्ने र सिमकोट गाउँपालिका–७ कि पाँप्लाथुङका सङ्गीता शाही सोही विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने र रातोगोरो अनुहारकी मोटी शरीर भएकी १५ गते दिउँसो घरबाट हराएकी लक्षुका बुबाले जानकारी दिए ।

साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजी गरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय हुम्लाको १०० मा सम्पर्क गर्नुहुन आग्रह गरेको छ । घरबाट निस्किएको “तीन दिन बितिसक्यो अहिलेसम्म सम्पर्कमा आएकी छैनन् लक्षुका बुबा काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस