आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराका अतिक्रमित ४० हेक्टर वन पुनः वन क्षेत्र नै कायम ।

AuthorAP Khabar२०७६ श्रावण १८, शनिबार (४ साल अघि) ४७१ पाठक संख्या

एपी खबर
जीतपुर, साउन १८ : बाराका ४० हेक्टर अतिक्रमित बन पुनः बन क्षेत्रमै कायम भएको छ । डिभिजन बन कार्यालय बाराले चलाएको विशेष अभियानले यहाँका ४० हेक्टर अतिक्रमित बन पुनः बन क्षेत्रमै कायम भएको हो ।

मुलुकमा राजनैतिक अस्थितरता चलिरहेको बेलामा भएका बन अतिक्रमित क्षेत्रको अध्यन अवलोकन गरी सरकारको निति अनुरुप अभियान अगाडी बढाएपछि बारामा अतिक्रमणमा परेको करिब ४० हेक्टर बन पुनः बन क्षेत्र नै कायम भएको छ ।

आर्थिक वर्ष २०७५।०७६ मा जिल्लाका बिभिन्न स्थानमा करिव ४० हेक्टर बनको अतिक्रमण हटाई बन क्षेत्र कायम गर्न डिभिजन वन कार्यालय बारा सफल भएकोे छ । जीतपुरसिमरा उपमहानगरपालिका २२ चकरीमा ७.५ कोल्हवी नगर पालिकाको मधुवनमा ५ र बधुवनमा २७ हेक्टर बनक्षेत्रको अतिक्रमण हटाई कार्यालयले कतिपय स्थानमा बृक्षा रोपण समेत गरिसकेको छ ।

अतिक्रमणकारीहरुलाई हटाउन जिल्ला बनले नयाँ रणनितिका साथ अगाडी बढेको छ । पहिला जस्तो प्रहरी प्रशासनको बल प्रयोग नगरी समुदायका अगुवा, स्थानीय तहका निर्वाचित पदाधिकारी र बिभिन्न सरोकारवालाको समुहसंग अन्तरक्रिया गर्दै बन, बनकार्यालयको मात्र नभै हामी र हाम्रो समुदायको लागि हो भन्ने बुझाउदै अतिक्रमण फिर्ता गराईएको हो ।

बन अतिक्रमण हटाईउन सिंगो बन कार्यालय मात्र नभै सवैजनाको साथ र सहयोगले यो संभव भएको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमतले बताउनुभयो । उहाँले यो अभियानलाई निरन्तरता दिईने समेत बताउनुभएको छ ।

अतिक्रमित जमिनमा बृक्षा रोपण गर्न देखि विरुवाको रेखदेख र संरक्षण गर्न तिनै समुदायलाई जिम्मा लगाईएको छ । अतिक्रमित बनलाई पुनःबनक्षेत्रमा कायमगरी बिधि र प्रकृया मिलाएर समुदायलाई नै हस्तारण भएकोमा स्थानीय सरस्वती घले र लालबहादुर स्यांतानले खुसी व्याक्त गरेका छन् ।

कुल ४५ हजार हेक्टर भुभाग ओगटेको बाराको जंगल अहिले घटेर ३१ हजार हेक्टरमा सिमित भएको कार्यालयको तथ्यांकले देखाउछ । कतिपय बाराको जंगल राष्ट्रिय गौरवका आयोजना फास्टट्रयाक, दोश्रो अन्तराष्ट्रिय विमानस्थलले समेत ओगटेको छ । पछिल्लो ५ बर्ष यता बारामा संस्थागत र अन्य गरी ११.६४ हेक्टर जंगल अतिक्रमणको चपेटामा परेको तथ्यांकले देखाउछ ।

प्रतिक्रिया दिनुहोस