आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार

AuthorAP Khabar२०७६ श्रावण १९, आईतबार (४ साल अघि) ३४१ पाठक संख्या

साउन; १९ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकी गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । तीनदिन अघिदेखि सुत्केरी व्यथा लागेकाे ३५ वर्षीया सोनाम टेन्डि लामालाई हेलिकोप्टर मार्फत जिल्ला अस्पतालमा पुर्याइएको हाे ।

लामाको अप्रेशन गरेर बच्चा निकालिएपनि पाँच मिनेटपछि बच्चाको मृत्युभएको अस्पतालका डाक्टर सिद्धार्थ खातीले बताए । व्यथा सुरू भएकाे लामाे समयसम्म उपचार नपाएकाे कारणा बच्चालाई बचाउँन नसकिएकाे उनले बताए ।

स्वास्थ्यकर्मी विहिन लिमी स्वास्थ्यचौकी 
जिल्लाको उतरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको छ । दुई अनमी, दुई अहेब र एक सिनियर अहेबको दरवन्दी रहेको  लिमी स्वास्थ्यचौकीमा हाल स्वस्थ्यकर्मी छैनन् ।

स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय महंगो मूल्य तिरेर उपचारको लागि टाढा जान बाध्य छन् ।

नया पत्रिका :

प्रतिक्रिया दिनुहोस