आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस र कम्युनिस्टले सहमति भन्दै ब्रह्मलुट मच्चाए : कमल थापा

AuthorAP Khabar२०७६ श्रावण १९, आईतबार (४ साल अघि) ३०४ पाठक संख्या

श्रावण , १९ : राप्रपा अध्यक्ष कमल थापाले देशमा कांग्रेस र कम्युनिस्टले प्रजातन्त्रको आवरणमा प्रजातान्त्रिक ढंगबाटै सहमतिमा ब्रह्मलुट मच्चाएको आरोप लगाएका छन् । राप्रपाको विद्यार्थी संगठनले शनिबार राजधानीमा गरेको कार्यक्रममा थापाले प्रतिपक्षी कांग्रेस पनि भ्रष्टाचारका हरेक काण्डमा भागिदार भएको जिकिर गरे ।

राजसंस्था हटेपछि मुलुक अभिभावकविहीन बन्दा स्वेच्छाचारिता बढेको थापाको भनाइ छ । ‘देशमा भ्रष्टाचार मौलाएको छ । एनसेलको कर छली प्रकरणमा करिब ४० अर्ब,  वाइडबडी जहाज खरिद काण्डमा ४ अर्ब, ३८ सय किलो सुन त्रिभुवन विमानस्थलबाट मात्र तस्करी, बुढीगण्डकी र मेलम्ची काण्डमा अर्बौं भ्रष्टाचार, ११४ रोपनी बालुवाटारको जग्गा भू–माफिया खडा गरेर हड्प्ने प्रयास सार्वजनिक हुँदासम्म छानबिन र कारबाही हुन सकिरहेको छैन,’ थापाले भने, ‘सत्ता र प्रतिपक्षको मिलेमतोमा सबै भ्रष्टाचारमा राष्ट्रिय सहमति भएको छ । यो विकास र समृद्धिका लागि मात्रै होइन, देशको अस्तित्वकै लागि डरलाग्दो कुरा हो ।’

न्याय दिने निकायहरूमा कार्यकर्ता भर्ना गरिनु, सुरक्षा अंगमा छानीछानी आफ्ना मान्छे राखिनु, कारबाही गर्ने सबै निकायमा वर्षौँसम्मका लागि आफ्ना मान्छे सेटिङ गर्ने काम भइरहनु मुलुकका लागि खतरा भएको थापाको भनाइ छ । नयपत्रिका :

प्रतिक्रिया दिनुहोस