आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनुमानका भरमा बिरामीलाई औषधि चलाउन प्रतिबन्ध लगाइने

AuthorAP Khabar२०७६ श्रावण १९, आईतबार (४ साल अघि) ३२९ पाठक संख्या

साउन, १९ : सरकारले सघन उपचार कक्ष (आइसियू) रहने सबै अस्पतालको नियमन गर्ने भएको छ । गम्भीर बिरामीलाई प्रयोगशालामा आवश्यक परीक्षणविनै औषधि चलाउने परिपाटीको अन्त्यका लागि आइसियू सेवा दिने अस्पतालमा माइक्रोबायोलोजी सेवा अनिवार्य गर्न लागेको हो । त्यसका लागि जनस्वास्थ्य सेवा नियमावली ०७६ ल्याउने सरकारको तयारी छ । जसमा

केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झाले सघन उपचार कक्षमा भर्ना भएका बिरामीलाई पनि अनुमानका आधारमा औषधि चलाइने परिपाटी देखिएकाले सरकारले नयाँ व्यवस्था गर्न लागेको जानकारी दिइन् । ‘अनुमानका आधारमा बिरामीलाई कडा औषधि चलाउँदा स्वास्थ्यमा कस्तो असर पर्छ भनेर कसैले हेक्का राखेको हुँदैन । त्यसैले, यसलाई नियमन गर्न प्रयोगशालामा माइक्रोबायोलोजी सेवा हुनुपर्छ,’ उनले भनिन् । माइक्रोबायोलोजिस्ट प्याथोलोजीका लागि एमबिबिएस/बिडिएस वा सोसरहको उपाधि हासिल गरेका चिकित्सक अनिवार्य छ ।

प्रयोगशाला छ, माइक्रोबायोलोजिस्ट छैनन्
देशका अधिकांश अस्पतालमा सघन उपचार कक्ष छ । तर, माइक्रोबायोलोजी (कल्चर) गर्ने माइक्रोबायोलोजिस्ट छैनन् । त्यसैले, धेरै अस्पतालले बिरामीको नमुना परीक्षणअघि नै अनुमानमा औषधि चलाउने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अधिकांश अस्पतालले सामान्य अनुभव भएका कर्मचारी राखेर सेवा दिइरहेको जनाएको छ ।

आइसियूमा रहेका बिरामीलाई अनुमानका आधारमा कडा औषधि चलाउँदा विभिन्न संक्रमण देखिन सक्ने चिकित्सकहरूको भनाइ छ । औषधि चलाउनुअगाडि रोगको जानकारी पाउन ल्याबमा नमुना परीक्षण अनिवार्य गर्नुपर्छ । बिरामीमा रोगको अवस्था र कुन औषधि चलाउँदा उपयुक्त हुन्छ भनी परीक्षण गर्न माइक्रोबायोलोजी सेवा र माइक्रोबायोलोजिस्ट हुनुपर्ने निर्देशक झाको भनाइ छ । बिरामीको नमुना परीक्षणपछि मात्रै आवश्यक पर्ने औषधि चलाउनुपर्ने उनले बताइन् ।

रिपोर्ट आउनै ७२ घन्टा लाग्छ, कुरेर बस्दा बिरामीको मृत्यु हुन्छ : डा. लोचन कार्की
वीर अस्पताल

गम्भीर भएकैले बिरामी आइसियूमा भर्ना गरिन्छ । यस्तो अवस्थामा उसलाई तत्कालै उपचारको आवश्यकता पर्छ । किटाणु हुर्केर कल्चर रिपोर्ट आउन कम्तीमा ७२ घन्टा लाग्छ । त्यस अवधिमा हामीले बिरामीलाई एन्टिबायोटिक चलाउँछौँ । रिपोर्ट आएपछि सुरुमा चलाएको औषधि आवश्यक परे नियमित गर्छौँ, फेर्नुपरे अरू औषधि सुरु गर्छौँ । तर, प्रयोगशालाको रिपोर्ट कुरेर मात्रै औषधि चलाउने हो भने बिरामीको मृत्यु हुन सक्छ । वर्षौँदेखि यही क्षेत्रका काम गरेका कारण अनुभवले पनि काम गर्न सक्छ ।

आइसियू भएका अस्पतालहरूमा माइक्रोबायोलोजी (कल्चर) सेवा हुनुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस