आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तुरतुरे ताल फुट्यो, तटीय क्षेत्रका बस्ती जोखिममा

AuthorAP Khabar२०७६ श्रावण २०, सोमबार (४ साल अघि) ३३६ पाठक संख्या

बाग्लुङ, साउन २० : अविरल वर्षापछि सोमबार बिहान बडीगाड खोलामा पानीको सतह बढेसँगै बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरे तालको केही भाग फुटेको छ ।तालमा रहेको पानीको सतह करीब १० मिटर घटेको छ ।

तुरतुरे ताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछि तलका तटीय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार, खर्वाङ बजार र गुल्मीको रिडी क्षेत्रसम्मका स्थानीयबासी त्रसित बनेका छन् ।तालको पानी घट्न रोकिएकोले आत्तिनु पर्ने अवस्था नरहेको बताईए पनि सबै तटीय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ । अहिलेसम्म खोलाको बहावले कतै कुनै क्षति गरेको नगरेकोले आत्तिनु पर्ने अवस्था नरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने खार बजारको माथिपट्टी भल सहितको पहिरोले सडक अवरूद्ध भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक समुद्र नेपालको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

भिमगिठे बजारको तटीय क्षेत्रमा प्रहरी नायव निरीक्षक रिनबहादुर बैदवार, खार क्षेत्रमा प्रहरी सहायक निरीक्षक लालमणि भट्टरार्इ र खर्वाङ क्षेत्रमा प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीको टोली खटिएको बताइएको छ ।

इमेज खबर :

प्रतिक्रिया दिनुहोस