आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किसनले सहजै पाउदैनन रसयानिक मल

AuthorAP Khabar२०७६ श्रावण २०, सोमबार (४ साल अघि) ३६१ पाठक संख्या

चितवन,साउन २० : चितवनमा युरिया मलको अभाव भएको छ । मल वितरण गरिरहेका कृषि साम्रगी लिमिटेड, साल्ट ट्रेडिङ कम्पनीले पर्याप्त मात्रामा मल आपूर्ति नगरेकाले मलको अभाव देखिएको हो । चितवनका मल बिक्री केन्द्रमा विगत चार दिनदेखि बिहान सबेरै देखि साँझसम्म कृषकहरुको लामो लाइन लागेको देखिन्छ ।

भरतपुरको दूरसञ्चार रोडमा रहेको हाम्रो सहकारी संस्थामा मल लिन लाइनमा बसिरहेका इच्छाकामनाका प्रकाश मगर घण्टौंदेखि लाइनमा बस्नुपरेको बाध्यता सुनाए । उनले आफूलाई धान खेतीका लागि ३०/३५ केजीे चाहिए पनि १५ केजीमात्र पाइने बताए ।

त्यस्तै, भरतपुर महानगरपालिका–४ लंकूबाट मल लिन आएका दिपकप्रसाद गौतम शुक्रबारदेखि सहकारीमा धाइरहेको बताए । उनले सरकारसँग चाहिए जति मल नपाएको दुखेसो पोख्दै भने ‘सरकारसँग दूरदर्शिताको कमी भएको आरोप लगाउँदै जनतालाई सुविधा दिने सोच नभएकोले लोकतन्त्र र गणतन्त्र आए पनि नागरिकले सास्ती पाइरहेका छन् ।’ त्यस्तै भरतपुर–११ का अर्का किसान जनकराज पौडेलले पोहोर पनि यस्तै, परार पनि यस्तै सधै लाइनमा बस्नुपरेको आक्रोश पोखे । उनले कुनै कुनै सहकारीले मल स्टकमा राखेर अभाव सिर्जना गरेको र यसमा सरकारले छापा मानुपर्ने विचार राखे ।

यस्तै भरतपुरमा मल वितरण गरिरहेको हाम्रो सहकारी संस्थाका व्यवस्थापक श्यामकुमार गिरीले आफूहरुले १५ किलोसम्म वितरण गरिरहेको बताए । उनकाअनुसार मलवितरण गरिरहेका कृषि साम्रगी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले पर्याप्त मात्रामा मल आपूर्ति नगरेकाले मागअनुसार बिक्री वितरण गर्न नसकेको सञ्चारपत्र दैनिकलाई जानकारी दिए ।

नेपालमा ६ लाख मेट्रिक टन आवश्यक भए पनि दुई लाख कृषि सामग्री केन्द्र र ८५ हजार मेट्रिक टन साल्ट ट्रेडिङले आपूर्ति गरिरहेको कृषि साम्रगी केन्द्र लिमिटेडका शाखा प्रबन्धक रबिन्द्र गौतमले बताए । उनका अनुसार चितवनमा १५ देखि १७ हजार मेट्रिक टन आवस्यक भए पनि १० हजार मात्र आपूर्ति हुन सकेको बताए । यसरी केन्द्रबाट ज्यादै न्यूनमात्रामा आपूर्ति भएकाले किसानको मागअनुसार वितरण गर्न नसकिएको उनले बताए । उनले केरा खेती धान खेती बढ्दै गएकोले आपूर्ति सीमित भएकाले केन्द्रबाट आपूर्ति बढाउनुपर्ने सुझाव दिए ।

साल्ट ट्रेडिङ कम्पनी लिमिटेड नारायणगढका प्रबन्ध निर्देशक बुद्धि विनोद दाहालले आपूर्ति अनुसार वितरण नभए पनि निरन्तर रुपमा मल वितरण गर्ने बताए । कृषि साम्रगी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कम्पनीले ३० प्रतिशत मल बिक्री गरिरहेकोमा साल्ट ट्रेडिङले चितवनमा २०७५/७६ मा स्थानीय तहमा अनुदानको रासायनिक मलअन्र्तगत भरतपुर महानगरभित्रका ४७ सहकारी संस्थामार्फत् चार हजार ५९२ बोरा युरिया वितरण गरिएको जानकारी दिए ।

त्यस्तै, भरतपुर महानगरभित्रै ६ हजार ६८३ बोरा डीएपी र ८३२ बोरा पोटास वितरण गरिएको बताए । कालिका नगरपालिकाका ९ वटा सहकारी संस्थामार्फत् एक हजार १४२ बोरा युरिया, एक हजार ६११ बोरा पोटास २४० बोरा पोटास बाडिएको प्रबन्ध निर्देशक दाहालले जानकारी दिए ।

दाहालका अनुसार खैरहनी नगरपालिकामा १२ वटा सहकारीमा दुई हजार १४२ बोरा युरिया, एक हजार ५८३ बोरा डीएपी, १०३ बोरा पोटास वितरण गरिएको छ । त्यस्तै माडी नगरपालिकामा ३०५ बारा युरिया, ७५६ बारा पोटास र ४५ बोरा पोटास वितरण गरिएको बताए । रत्ननगर नगरपालिकामा १६ वटा सहकारी संस्थामार्फत् ६ हजार १७५ बोरा युरिया, पाँच हजार सात बोरा डीएपी र एक हजार ५९१ बोरा पोटास वितरण गरिएको दाहालले बताए ।

राप्ती नगरपालिकामा १० वटा सहकारी मार्फत् साल्ट ट्रेडिङले ६ हजार ३२१ बोरा युरिया चार हजार ९९६ डीएपी र २९८ बोरा पोटास वितरण गरिएको बताए । इच्छाकामना गाउँपालिकामा भने मलको बिक्री वितरण नरहेको प्रबन्ध निर्देशक दाहालले बताए । त्यस्तै साल्ट ट्रेडिङ नारायणगढले नवलपुर, गोरखामा पनि चितवनबाट वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस