आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सीआईबीको प्रहरी हुँ भन्दै दिउँसै लुटपाट गर्ने पक्राउ

AuthorAP Khabar२०७६ श्रावण २०, सोमबार (४ साल अघि) २६७ पाठक संख्या

काठमाडौं , साउन २० : नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कुल चोक अगाडि दिउँसै लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा उदयपुर घर भई कपन बस्ने २३ वर्षीय दोर्जे तामाङ र उदयपुरकै बुढानिलकण्ठ बस्ने १९ वर्षीय नोर्बु तामाङ रहेका छन् । पक्राउ परेका दोर्जे र नोर्बुले साउन १७ गते कास्की घर भई कालोपुल बस्ने २१ वर्षीय ईश्वर घतानेको १ थान मोबाइल र ६ हजार नगद लुटेका थिए ।

महाराजगञ्ज वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले साउन १९ गते साँझ ६ बजेको समयमा लुटिएको सामानसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।

पीडितले प्रहरीमा दिएको बयानको आधारमा सीसी क्यामेराको सहायतमा हुलियाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेको डीएसपी प्रसाईले बताए ।

उनीहरुको साथबाट ४ थान मोबाइल र लुट्न प्रयोग भएको बा६६प ३४८१ नम्बरको स्कुटर समेत बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

रतोपाती :

प्रतिक्रिया दिनुहोस