आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दक्षिण एसियाली खेलकुदको ६ खेल उद्घाटनअघि नै सुरु गर्ने प्रस्ताव

AuthorAP Khabar२०७६ श्रावण २९, बुधबार (४ साल अघि) ३४८ पाठक संख्या

साउन, २९ : आगामी मंसिरमा नेपालमा हुने तय १३औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका प्रस्ताव गर्दै सम्बन्धित खेल संघलाई पठाइएको छ। सोमबार बसेको सागको कार्यसमिति बैठकले २७ वटा खेल संघलाई प्रस्तावित मिति पठाएको हो।

काठमाडौं र पोखरामा हुने साग मंसिर १५ देखि २४ सम्म हुने तय छ। तर एउटै खेल स्थलमा २ वटा खेल गराउनु पर्ने बाध्यताका कारण ६ खेल उद्घाटन अघि नै सुरु गर्ने प्रस्ताव गरिएको छ। ब्याडमिन्टन, फुटबल, ह्यान्डबल, प्याराग्लाइडिङ र उसु उद्घाटन अघि गर्न प्रस्ताव गरिएको बैठकमा सहभागी एक सदस्यले बताए।

‘एउटै भेन्यूमा २ खेल गर्नु पर्ने बाध्यता तथा कुनै खेलको प्रतिस्पर्धा अवधि लामो हुने भएकाले केहि खेल उद्घाटन अघि नै सुरु गर्ने प्रस्ताव गरेका छौं,’ उनले भने, ‘सबै खेल संघको राय बुझेपछि अन्तिम खेल तालिका सार्वजनिक गर्छौं।’

राखेपको कबर्ड हलमा ब्याडमिन्टन र बास्केटबल गर्नु पर्ने भएकाले ब्याडमिन्टन उद्घाटनको ५ दिनअघि देखि सुरु हुनेछ। ब्याडमिन्टन सकिएपछि कबर्ड हलमा बास्केटबल हुनेछ। यस्तै सातदोबाटोको कराते हलमा बक्सिङ र कराते हुने तय छ। यहाँ पनि एक खेल सकिएपछि मात्र अर्को खेल सुरु हुनेछ।

पोखारा रंगशालाको कबर्ड हलमा ह्यान्डबल उद्घाटनअघि नै सुरु हुनेछ। ह्यान्डबल सकिएपछि भलिबल हुनेछ। यस्तै सातदोबाटो तेक्वान्दो हलमा तेक्वान्दोको प्रतिस्पर्धा सकिएपछि कुस्तीको प्रतिस्पर्धा हुनेछ।

लगनखेलस्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा उसु सकिएपछि जुडो हुनेछ। उसु सागको उद्घाटन अघिल्लो दिन नै सुरु हुनेछ।

उद्घाटनको दिन पोखरामा ट्रायथलन सुरु गर्ने प्रस्ताव गरिएको छ।

फेन्सिङका लागि भने अझै प्रतियोगिता स्थल तय भएको छैन। यस्तै दशरथ रंगशाला, पौडी पोखरी, पोखरा रंगशालाको निर्माण अझै सकिएको छैन। सागका लागि यी तीन भेन्यू चुनौतीको रुपमा रहेका छन्।

प्रस्तावित खेल तालिका
आर्चरी – मंसिर १७ देखि २१ सम्म – पोखरा रंगशालास्थित आर्चरी ट्रेनिङ सेन्टर
एथ्लेटिक्स – मंसिर १६ देखि १९ सम्म – दशरथ रंगशाला
ब्याडमिन्टन – मंसिर १० गतेदेखि १६ सम्म – राखेपको कबर्डहल
बास्केटबल – मंसिर १८ देखि २३ सम्म – राखेपको कबर्ड हल
बक्सिङ – मंसिर १९ देखि २३ सम्म – सातदोबाटो कराते हल
साइक्लिङ – मंसिर १९ देखि २३ सम्म – सहिद पार्क, जगडोल
क्रिकेट – मंसिर १९ देखि २३ सम्म – पुरुष (कीर्तिपुर), महिला (मुलपानी वा पोखरा)
फेन्सिङ –मंसिर २० देखि २३ सम्म– खेलस्थल तय हुन बाँकी
फुटबल – मंसिर १२ देखि २३ सम्म – पुरुष (दशरश रंगशाला), महिला (पोखरा रंगशाला)
गल्फ – मंसिर १८ देखि २१ सम्म– गोकर्ण गल्फ क्लब
ह्यान्डबल – मंसिर १३ देखि १८ सम्म – पोखरा रंगशाला कबर्ड हल
जुडो – मंसिर २१ देखि २४ सम्म – आर्मी स्पोर्ट्स कम्प्लेक्स, लगनखेल
कबड्डी – मंसिर १९ देखि २३ सम्म– भृकुटीमण्डप (प्रास्तावित)
कराते– मंसिर १६ देखि १९ सम्म– सातदोबाटो कराते हल
खोखो – मंसिर २० देखि २३ सम्म– भृकुटीमण्डप (प्रास्तावित)
प्याराग्लाइडिङ – मंसिर १३ देखि २२ सम्म – पोखरा
सुटिङ – मंसिर १६ देखि २१ सम्म – सातदोबाटो
स्क्वास –मंसिर १९ देखि २३ सम्म– सातदोबाटो
पौडी – मंसिर १९ देखि २३ सम्म– सातदोबाटो
टेवल टेनिस –मंसिर १६ देखि २० सम्म– लैनचौर
टेनिस –मंसिर १८ देखि २३ सम्म– सातदोबाटो
तेक्वान्दो –मंसिर १६ देखि १९ सम्म– सातदोबाटो तेक्वान्दो हल
ट्रायथलन – मंसिर १५ देखि १८ सम्म– पोखरा
भलिबल – मंसिर १९ देखि २४ सम्म– पोखरा रंगशालास्थित कबर्ड हल
भारोत्तोलन – मंसिर १६ देखि २१ सम्म– पोखरा
कुस्ती – मंसिर २० देखि २३ सम्म– सातदोबाटो तेक्वान्दो हल
उसु – मंसिर १४ देखि २० सम्म– आर्मी स्पोर्ट्स कम्प्लेक्स, लगनखेल

मन्त्रिपरिषदमा कार्यविधि अड्कदा दक्षिण एसियाली खेलकुदका काम प्रभावित

दक्षिण एसियाली खेलकुदका पूर्वाधार कामचलाउ ­

दक्षिण एसियाली खेलकुदका लागि सवा ५ अर्ब बजेट प्रस्ताव
सेतोपाटी संवाददाता;

प्रतिक्रिया दिनुहोस