आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिको फोन वार्ता, तनाव घटाउन आग्रह

AuthorAP Khabar२०७६ भाद्र ३, मंगलबार (४ साल अघि) ३६९ पाठक संख्या

चितवन, भदौ ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोन वार्ता गरेका छन् ।कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै मुलुकका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका हुन् ।

ट्रम्पले ट्वीटरमा यसबारे जानकारी दिदैं भनेका छन्, ‘मेरा असल मित्र भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण कश्मीर मुद्दामा जारी तनाव कम गर्ने विषयमा कुरा भयो, यो कठिन समय हो तर कुराकानी राम्रो भयो ।’

ह्वाइट हाउसका प्रवक्ता होगन गाइडलीका अनुसार राष्ट्रपति ट्रम्पले भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई कश्मीरमा जारी तनाव घटाउन आग्रह गरेका छन् ।

इमेजखबर ;

प्रतिक्रिया दिनुहोस