आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिक्किममा पनि मनाइयो भीमसेन जात्रा

AuthorAP Khabar२०७६ भाद्र ८, आईतबार (४ साल अघि) ४२० पाठक संख्या

काठमाडौं, भदौ ८ : व्यापार र वाणिज्य क्षेत्रका प्रमुख देवताका रुपमा पुजिने भीमसेनको खट जात्रा भारतमा पनि मनाइएको छ ।भारतको सिक्किममा रहेको नेवार समुदायले शनिबार भीमसेनको खट जात्रा निकालेर लाखे नाच समेत प्रदर्शन गरेको हो । रंगोली भीमसेन मन्दिर कमिटीको आयोजनामा त्यहाँ रहेको विभिन्न नेवार समुदायको संगठनहरु मिलेर भीमसेन र अन्य देवदेवीको विशेष पुजा गरी खट जात्रा निकालेर नगर परिक्रमा गरेका हुन् ।

केही वर्ष अघि रंगोलीमा भीमसेन मन्दिर स्थापना गरिएको थियो । प्रत्येक वर्ष भाद्र कृष्ण दशमीको दिन भीमसेन पुजा र जात्रा मनाउने गरिन्छ । सिक्किमका नेवारहरुले पनि भीमसेन जात्रा गर्र्दै आएका छन् ।

भीमसेनलाई नेवारहरुले भिँ द्यः अर्थात असल देवताको रुपमा बल, साहसी र बहादुरीको प्रतिकको रुपमा पुज्ने गर्दछन् । प्राचीनकालमा भारतदेखि तिब्बतसम्म वैदेशिक व्यापार गर्ने नेवार व्यापारीले पहाड, खोला नाला घना जंगल पार गर्दा चोरी डकैतीको भय, जङ्गली जनावरहरुको सामना गर्नका लागि बल र साहस आवश्यक हुने भएकाले त्यसबेलादेखि भीमसेनको पुजा गर्न थालिएको लोक कथाहरु पाइन्छन् । सिक्किममा विगत ९ वर्षदेखि नेपालमा जस्तै कुमारी रथ जात्रा गर्दै आएको छ ।

इमेजखबर ;

प्रतिक्रिया दिनुहोस