आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानमा १७ तालिबान लडाकू मारिए

AuthorAP Khabar२०७६ भाद्र १४, शनिबार (४ साल अघि) ५०५ पाठक संख्या

अफगानिस्तान, भदौ १४ : अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा दुई सुरक्षाकर्मी अधिकारीसहित १५ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका अन्य १५ जना तालिबान लडाकूहरु रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

स्थानीय समयानुसार शनिबार राति १ बजेतिर भिडन्त सुरु भएको थियो । तालिबान विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त सुरु भएको जनाइएको छ ।
सरकारी प्रवक्ता इस्मातुल्लाह मुरादीले सिन्ह्वालाई दिएको जानकारी अनुसार लडाकूहरुले राईफल, मेसिनगनलगायतका हतियारले आक्रमण गरेका थिए । उनीहरुले तीन ठाउँतिरबाट आक्रमण गरेको उनले बताए ।

आक्रमणकारी लडाकूहरुलाई पराजित गर्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको प्रवक्ता मुरादीले बताए । आक्रमणका कारण त्रसित भएपछि बिहानमा सडक खाली भएका छन् भने पसलहरु बन्द भएका छन् । राजधानी काबुलदेखि २५० किलोमिटर टाढा रहेको घटनास्थलमा यो समाचार तयार पार्दासम्म भिडन्त भइरहेको अधिकारीहरुले जनाएका छन् । घटनामा परी २० जना स्थानीय बासिन्दा र जिल्ला प्रहरी प्रमुख घाइते भएको प्रान्तीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस