आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झुटो खबरले अमिषा तनावमा

AuthorAP Khabar२०७६ भाद्र १५, आईतबार (४ साल अघि) ३६४ पाठक संख्या

भाद्र , १५ : सामाजिक सञ्जालमा झुटो खबर एकाएक फैलँदा बलिउड अभिनेत्री अमिषा पटेल हैरान भएकी छिन् । पछिल्ला दिनमा उनी गाडी दुर्घटनामा गम्भीर घाइते भएको हल्ला फैलिएको थियो । अमिषाले यस विषयमा आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत स्पष्टीकरण दिएकी छिन् ।

अमिषाका अनुसार जुन स्थानमा दुर्घटना भएको भनिएको थियो, त्यहाँ उनी पछिल्लो ६ महिनायता गएकी छैनन् । ‘म हैरान छु । यस्ता समाचार कसले बनाउँछ ? सञ्चारमाध्यम कता जाँदै छन्,’ उनले केही फोटो सेयर गर्दै इन्स्टाग्राममा लेखेकी छिन्, ‘म पूरै ठीक छु, घाइते भएकी छैन । फेरि भन्दै छु कि यो गलत खबर हो । यदि यस्तो भएको भए तपाईंहरूसँग कुरा गर्न पाउथेँ ?’

एक महिनाअघि अमिषाको नाम ठगी काण्डमा मुछिएको थियो । निर्माता अजयकुमार सिंहले अमिषाविरुद्ध ठगी आरोपमा मुद्दा दायर गरेका हुन् । अमिषाले यस विषयमा केही बोलेकी छैनन् । अजयले हालेको मुद्दा अदालतमा विचाराधीन छ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस