आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर श्री सिद्धि विनायक (गणेश चतुर्थी पुजा) को सम्पुर्ण तैयारी पुरा

AuthorAP Khabar२०७६ भाद्र १५, आईतबार (४ साल अघि) ३८४ पाठक संख्या

एपी खबर
जीतपुर, भाद्र १५  : बाराको जीतपुरमा सोमवारबाट शुरु हुने श्री सिद्धि विनायक (गणेश चतुर्थी पुजा) को सम्पुर्ण तैयारी पुरा भएको आयोजक समितिले जनाएको छ । ५ दिनसम्म हुने यो पुजा भाद्र १६ गतेदेखि भाद्र २१ गते हुने श्री सिद्धि विनायक पुजा समिति जीतपुरले जनाएको छ ।

प्रत्येक वर्ष हुदैँ आएको यस पुजालाई जीतपुर बासिले यस वर्षपनि धुमधामका साथ मनाउने गरी यो पुजाको आयोजना गर्न लागेको श्री सिद्धि विनायक पुजा समितिका अध्यक्ष श्रीराम साहले जानकारी दिनुभएको छ ।

पुजा अन्तरगत शुरुको दिन भाद्र १६ गते बिहान बाजागाजाका साथ नगरपरिक्रमा गर्ने, प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ९ सम्म पुजा अर्चना गरीने, प्रत्येक शनिवार साँझ ६ बजेदेखि ७ बजेसम्म आरती गरीने, राती ८ बजेदेखि १२ बजे सम्म प्रवचन गरीने, भाद्र २० गते शुक्रवार बिहान १० बजे आरती गर्ने र २१ गते मुर्ती विसर्जन कार्यक्रम रहेको साहले जानकारी दिनुभयो ।

यस पुजाको विशेष आकर्षणको रुपमा गणेशजी लाई मन पर्ने २ सय ५० किलोको लड्डु राखिएको छ । भने ५ दिनसम्म पुजा स्थलमा मेलापनि लाग्ने आयोजक समितिले जानकाएको छ । मेलामा रोटे पिङ्ग, झुलुवा, मौतका कुवा लगाएत विभिन्न समाग्री विक्री वितरण गर्ने स्टलहरु राखिएको आयोजक समितिका कोषाध्यक्ष जितेन्द्र साह समर्पणले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस