आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुबुदु भैरहवाका मुख्य प्रशिक्षक

AuthorAP Khabar२०७६ भाद्र १८, बुधबार (४ साल अघि) ३३० पाठक संख्या

भाद्र , १८ : नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायकेले घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडिएटर्सको जिम्मेवारी सम्हाल्ने भएका छन् ।भैरहवाले मंगलबार नयाँ सिजनका लागि दासानायकेलाई आफ्नो मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको घोषणा गरेको हो । इपिएल नयाँ संस्करण २९ फेब्रुअरीदेखि १४ मार्चसम्म आयोजना हुने आयोजक आमिर अख्तरले जनाएको छ ।सोही प्रतियोगिताका लागि तयारीमा जुटेको भैरहवाले दासानायकेलाई मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरेको हो । पुबुदु नेपाललाई टी–२० विश्वकपमा छनोट गराउनेदेखि धेरै ठूला र महत्वपूर्ण सफलता दिलाउने प्रशिक्षक हुन् ।

चार वर्षभन्दा लामो समय नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरेपछि सन् २०१५ को अन्त्यतिर जिम्मेवारी त्यागेका पुबुदु त्यसपछि अमेरिकाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले हालै मात्र अमेरिकी राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी पनि त्यागेका थिए ।झन्डै चार वर्षपछि प्रशिक्षण उद्देश्यकै लागि नेपाल फर्कन लागेका दासानायकेले खुसी व्यक्त गरेका छन् । ‘भैरहवा ग्लाडिएटर्ससँग अनुबन्धित हुँदा म निकै खुसी छु,’ क्लबले जारी गरेको विज्ञप्तिमा दासानायकेले भनेका छन्, ‘नेपाल सधैँ मेरो मुटुको नजिक छ । र, फेरि नेपाल फर्कन पाउँदा खुसी छु । यो अवसरका लागि सबैप्रति कृतज्ञ छु । नेपाली क्रिकेटलाई जसरी सक्छु, सहयोग गर्ने नै छु ।’

नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा इपिएलको सशक्त टोली हो । पछिल्ला दुईमध्ये दुवै संस्करणमा फाइनल खेलेको भैरहवाले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस