आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल ओलम्पिक कमिटीको नेतृत्व चुन्न मतदान जारी

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३३१ पाठक संख्या

भाद्र , २८ : नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।ललितपुरको सातदोबाटोस्थित कमिटीको कार्यालयमा शनिबार बिहान निर्धारित समयभन्दा केही ढिला गरी मतदान सुरु भएको हो ।मतदाता २७ जना रहेको सो निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशीयाका प्रतिनिधिहरुले गरिरहेका छन् ।

कमिटीको नयाँ कार्यसमितिको अध्यक्षको पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन । दुवै जना नेकपा निकट हुन् ।महासचिव पदमा जीवनरामको प्यानलबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालको प्यानलबाट पुरेन्द्रविक्रम लाखेले उम्मेदवारी दिएका छन् । ५ जना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन ।

उपमहासचिवमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाको मात्र उम्मेदवारी परेको छ ।
रातोपाटी ,

प्रतिक्रिया दिनुहोस