आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुदूरपश्चिममा २४ जनामा डेङ्गु

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३९१ पाठक संख्या

भाद्र , २८ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा मृत्यु भएको हो ।

डोटीमा डेङ्गुका बिरामीलाई उपचारार्थ काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थीले बताए । उनले भने, “ जिल्लामा जाच्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहा डेङ्गु देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।”डेङ्गु नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच जिल्लामा अभियाननै सञ्चालनको तयारी गरेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।बिहान र साँझमा डेङ्गु फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यति बेला सावधानी अपनाउन जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले सुझाव दिए ।

पहिलोपटक चितवनमा भेटिएको डेङ्गु सुदूरपश्चिमका कैलाली, अछाम, कञ्चनपुर, दार्चुला र डोटीमा देखा परेकाले सावधानी अपनाउनु पर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।डेङ्गु फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने र फुल करीब छ महीना जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाडाकुँडा सधैँ सफा गर्नुपर्ने शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताए । उनले भने, “डेङ्गु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा पानी फुल पार्ने र उक्त फुल महीनौँसम्म जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सरसामान सधैँ धुनु र सफा गर्नु जरुरी छ । डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डेङ्गु प्रभावित जिल्लाका विभिन्न वडा तथा क्षेत्रमा डेङ्गु नियन्त्रणका लागि खटिएको सरकारी टोलीले अहिले धुँवा लगाउने ९फगिङ० गर्दै आएको छ । सिलगढीका सिद्धराज जोशीले डेङ्गुले स्थानीयमा त्रास फैलिएको र अब त सामान्य रुघा, खोकी, ज्वरो आउँदा डेङ्गु नै भन्न थालिसकेको बताए ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस