आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनको मध्यवर्ती क्षेत्रको सामुदायिक विकासलाई १४ करोड

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३८२ पाठक संख्या

भाद्र , २८ : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आर्थिक वर्षमा १४ करोड नौ लाख रुपैयाँ बजेट निकासा भएको छ । गत आवमा सङ्कलित राजश्वमध्येको झण्डै आधा रकम सामुदायिक विकासमा विनियोजन भएको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आवमा २९ करोड १० लाख राजश्व सङ्कलन भयो । गत वर्ष अघिल्लो वर्षको राजस्व सङ्कलनको तुलनामा निकै कम बजेट विनियोजन भएको थियो । गत आव सो शीर्षकमा सात करोड ६९ लाख विनियोजन भएको घिमिरेले जानकारी दिए ।

सामुदायिक विकासमा निकासा भएको बजेट निकुञ्जका २१ मध्यवर्ती उपभोक्ता समिति र एउटा उपसमितिमार्फत खर्च हुन्छ ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस