आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

साउदी अरबका दुई ओटा तेल कम्पनीमा ड्रोनबाट आक्रमण

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ४०१ पाठक संख्या

भाद्र , २८ : साउदी अरबको सबैभन्दा ठूलाे तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।आधिकारिक साउदी प्रेस एजेन्सीले भन्यो, ‘अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र खुरैसमा ड्रोनको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।’सअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र आगलागीको खबर आएको थियो ।

यद्यपि त्यसमा आगलागीको कारण बताइएको थिएन ।साउदी अराम साउदी अरबको राष्ट्रिय पेट्रोलियम र पाकृतिक ग्यास कम्पनी हो । राजस्वको मामिलामा यो विश्वको कच्चा तेलको सबैभन्दा ठूलो कम्पनी हो । दुबईमा रहेको प्रसारणकर्ता अल–अरबियाले यो घटनासँग जोडिएको एउटा भिडियो देखाएको थियो, जुन भिडियोमा आगो लागेको र गोली चलेको आवाज आइरहेको छ ।

साउदी अरामलाई आतंकवादी निशाना बनाइँदै आएको छ । आतंकवादी संगठन अल कायदाको आत्मघाती विस्फोटले सन् २००६ को फेब्रुअरीमा यी तेल कम्पनीमा आक्रमण गर्ने कोसिस गरेको थियो तर त्यो सफल भएन ।

प्रतिक्रिया दिनुहोस