आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डेङ्गु रोग निको भएकाहरु भन्छन्ः ‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३७४ पाठक संख्या

भाद्र , २८ : डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । भरतपुरको पुष्पाञ्जलि अस्पतालले आज (शनिबार) आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् ।

पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताए। निको भएका बिरामीकोतर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उनले डेङ्गु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताए ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस