आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्प

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३७५ पाठक संख्या

भाद्र , २८ : सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख बढी रकम असुली गरेको पाइएको छ ।

ठगीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प छ । अस्पतालका दैनिक सेवा भने सञ्चालनमा छन् ।शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशन दिएको थियो ।

चितवन मेडिकल कलेजले भने बढी शुल्क असुल्न नछाडेको विद्यार्थीको गुनासो छ । यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस