आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटका तीन जना खेलाडी सम्मानित

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३६१ पाठक संख्या

भाद्र , २८ : रौतहटस्थित नेपाल खेलकुद क्लव चन्द्रपुरले शनिवार एक समारोहकाबीच जिल्लाका तीजना खेलकर्मीलाई सम्मान गरेको छ । क्लवको दोस्रो साधारणसभाको अवसरमा क्लवले नेपाल फुटबल संघ प्रदेश २ का संयोजक नेपाल कार्की, नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयमसेवक प्रशिक्षक अशोक पहाडी ,पुर्व फुटबल खेलाडी खर्क आलेलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

संघिय सांसद अन्तरगतको विकास समिति सभापति कल्याणी खड्काले तीनैजनालाई कदरपत्र र दोसल्ला आढाएर सम्मान गरेकी थिइन् ।

रौतहट जिल्लामा कराते खेल र फुटबल खेलको विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै क्लवले सम्मान गरेको क्लवका महासचिव बाबुराम दाहालले बताए ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस