आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुईजना नयाँ बिरामीसँगै रौतहटमा डेङ्गुको रोगी १३ पुग्यो

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ५४० पाठक संख्या

भाद्र , २८ : रौतहटको मध्यभागस्थित कटहरिया नगरपालिकामा दुईजना नयाँ बिरामी डेङ्गुको रोगी फेला परेसँगै डेङ्गु संक्रमितको संख्या १३ पुगेको छ ।देशभरी महामारीको रुपमा डेङ्गु रोग फैलिरहेको अवस्थामा कटहरिया नगर क्षेत्रमा डेङ्गु रोगबाट संक्रमित बिरामीको संख्या ३ पुगेको छ भने जिल्लाभरीमा बिरामीको संख्या १३ पुगेको बताइएको छ ।कटहरियामा फेला परेको डेङ्गुका नयाँ रोगी दुवैजना हेटौंडास्थित कक्षा ११ मा अध्ययनरत छात्र सचिन कुमार दास र राजन कुमार दास रहेका छन् ।

केहीदिन अघि आफ्ना घर कटहरिया–४ बलिरामपुर भन्दै आएका सचिन दासलाई तीन, चार दिनदेखि उच्च ज्वरोले च्यापेको थियो । लगातार ज्वरो आएपछि डेङ्गुको आशंका लागि रगत चेकजाँच गराउँदा डेङ्गु रोग लागेको भेटिएपछि उनलाई तत्कल उपचारका लागि काठमाडौँ पठाइएको उनका बाबु विजय दासले बताए ।त्यसैगरी हेटौँडामा पढ्ने क्रममा उच्च ज्वरो आएपछि रगत जचाउँदा डेङ्गुको संक्रमण भएको प्रमाणित अर्का विद्यार्थी राजन दासलाई आफ्नो घर कटहरिया–५ टोलापुर ल्याइएको छ ।

उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका डाक्टर अर्पणलाल कर्णको सल्लाह अनुसार स्थानीय स्तरमै उपचार भइरहेको उनका बाबु रामेश्वर दासले बताए ।यसअघि नै कटहरिया–७ बलुवामा एकजना, चन्द्रपुर नगरपालिकामा सातजना, मौलापुरमा दुईजना, माधव नारायणमा ३ जना गरी १३ जना डेङ्गु रोगबाट संक्रमित फेला परिसकेको जिल्ला अस्पतालका निमित प्रमुख महेश साहले जनाए ।

१३ जना डेङ्गु संक्रमित बिरामीमध्ये मौलापुरका दुईजना संक्रमित बिरामी हाल हेटौँडा बस्दै आएकाले ति दुवैजनालाई जिल्ला अस्पताल गौर पठाइएको मलेरिया सुपरभाइजर नन्देश्वर चौधरीले जानकारी गराएका छन् ।जिल्लामा डेङ्गु रोगबारे जनचेतनाको अभावमा सर्वसाधारणमा ठूलो त्रास हुने गरेको देखिन्छ ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस