आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गण्डकीका पूर्वविद्यार्थीद्वारा निःशुल्क स्वास्थय शिविर

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ४४५ पाठक संख्या

भाद्र , २८ : गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्वविद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।गण्डकीका पूर्वविद्यार्थीहरुको संगठन (एक्बोसा) काठमाण्डु र नर्थ अमेरिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको सो विद्यालयका पूर्वविद्यार्थी एवं बैंकर्स लक्ष्मी लामिछाने ढकालले जानकारी दिइन् ।

उनका अनुसार २६ जना विशेषशज्ञ चिकित्सकको टोलीले मुटु, दम, क्यान्सर, नाक, कान घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिशाब, स्त्री तथा प्रसूति र थायोराइडजस्ता रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।शिविरमा केहीको सामान्य शल्यक्रियासमेत गरिएको उनले जानकारी दिइन् । शिविरमा आएका सबैको अनिवार्य रगत र पिसाब परीक्षण गरिएको थियो । यस्तै केहीले निःशुल्क ईसीजी र ए–क्सरे सेवा समेत पाएका थिए ।
शिविरको उदघाटन गण्डकी स्कुलका पूर्वविद्यार्थी समेत रहेका प्रदेश–४ का सांसद प्रेमप्रसाद तुलाचनले गरेका थिए । तुलाचनले मानव स्वास्थ्य जस्तो पवित्र कार्यमा गण्डकीका विद्यार्थीहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै समाजका अरुले पनि त्यसबाट शिक्षा ग्रहण गर्नुपर्ने बताए ।

गण्डकी आवासीय माविको पूर्वविद्यार्थीहरुको संगठनकी अध्यक्ष डा. सुजिता हिराचनले आगामी दिनमा समेत यस्ता रचनात्मक र समाजलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम गरिने जानकारी दिइन् ।
शिविरका लागि आवश्यक रकम पूर्वविद्यार्थी तथा हाल उनीहरु कार्यरत संघसंस्था तथा कार्यालयहरुबाट संकलन गरिएको थियो ।कार्यक्रममा मुस्ताङका सहकाय प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सामाजिक अगुवा तथा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता थियो ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस