आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तम्घास गाविस नगर बनेपछि फोहर र अँध्यारोमा

AuthorAP Khabar२०७६ भाद्र २८, शनिबार (४ साल अघि) ३८४ पाठक संख्या

भाद्र , २८ : हरेक शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा बजारवासी सरसफाईमा जुट्थे । हरेकका घरमा फोहर मिलाई राखिएको हन्थ्यो । बजारको चोकचोकमा रातिमा बत्ति बल्ने गर्दथ्यो । तर स्थानिय सरकार गठनपछि त्यो एउटा ईतिहास जस्तै बन्न पुगेको बेला शनिवार भने नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठसहितका बजारवासी हातहातमा कुचो लिएर सडकमा सरसफाई गर्न खटिएको देखिए ।केहि वर्ष अघिसम्म तम्घास बजार सरसफाईको नेतृत्व पत्रकार समेत रहेका हरिकुमार श्रेष्ठले लिएका थिए । अहिले उनी पनि सुस्ताएको देखिन्छ ।

किन सुस्ताइयो त भन्ने प्रश्नमा श्रेष्ठले भने,‘ रेसुड्डा फोहर मैला तथा सरसफाई समितिको दुई वर्ष तदर्थ समिति र ३ वर्षे निर्वाचित कार्यकालसहित ५वर्ष मैले चलाउँदा हरेक हप्ताको शनिवार बजार सरसफाई गरिन्थ्यो । त्यस पछि त्यही समितिलाई नगर विकास तथा वातवरण संरक्षण संस्थाका रुपमा जिल्ला प्रशासनमा दर्ता गरियो । त्यसको अध्यक्ष रामप्रसाद पन्थी हुनु भयो जुन कार्यको निरन्तरता उहाँले दिनु पर्ने हो ।’श्रेष्ठको पालामा करिव २५ लाख लागतमा तम्घासको फोहर मैला व्यवस्थापनका लागि डम्पीड्ड साइड निर्माण पनि गरिएको थियो ।

दुई वटा ट्याक्टर र एउटा ट्रिपर पनि किनिएको थियो । चाड पर्वमा मठ मन्दिरको सरसफाई पनि त्यही समितिले गर्दथ्यो । उसैको आग्रहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि बजार सरफाईमा हरेक शनिवार जुट्थ्यो । श्रेष्ठ नै अध्यक्ष रहेको सामुदायिक प्रहरी सेवा समाजले तम्घास बजारमा रातमा सडकभरी बत्ति बाल्ने कार्य भयो । करिव २ सय वटा सडक बत्ति बालिएकोमा अहिले त्यसको नामोनिशान छैन । बजारबासीहरु रातीमा हिड्दा मोवाइलको लाइट बालेर हिड्नु पर्ने अवस्था छ ।

यस्तो आलोचना छ भन्ने अर्को प्रश्नमा उनले भने, ‘त्यो कुरा मलाई भन्ने हो कि सम्वन्धित वडाध्यक्षलाई भन्ने हो ? त्यसको जिम्मा त वडा सरकार प्रमुखले लिनु पर्ने होइन र ? त्यसका लागि नगरपालिकाले के गर्नु पर्ने हो ? वडाध्यक्षले माग गरे नगरपालिकाले पुरा गर्ने नै छ ।’
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस