आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नर्सिङ काउन्सिलको निर्वाचन सम्पन्न, ३ जना सदस्य निर्वाचित

AuthorAP Khabar२०७६ भाद्र २९, आईतबार (४ साल अघि) ५०५ पाठक संख्या

भाद्र , २९ : नेपाल नर्सिङ परिषद्को रिक्त तीन सदस्यमा डा. तारा शाह, कृष्णकुमारी पौडेल र जिता बराल निर्वाचित भएका छन् ।शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत शाह, पौडेल र बराल निर्वाचित भएका हुन् । जसमध्ये शाहले १४९१, पौडेलले १२९९ र बरालले १२१६ मत प्राप्त गरेका थिए ।परिषद्को तीन पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । १४ मतदान केन्द्र धनकुटा विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौँ, पोखरा, पाल्पा, बुटबल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढीमा तोकिएको थियो ।

सबैभन्दा बढी काठमाडौंमा ९ सय ७२ र सबैभन्दा कम धनकुटामा ९ मत खसेको थियो ।नर्सिङ काउन्सिलको इतिहासमा पहिलो पटक बोर्ड सदस्यको लागि चिर्वाचन भएको हो । करिब १३ हजार मतदाता रहेको काउन्सिलमा २५ प्रतिशत मात्रै मत खसेको थियो ।

निर्वाचनमा ३ व्यक्तिसँगै सरला केसी, मित्रकुमारी देवकोटा, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस