आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको ट्वाइलेट चोरी

AuthorAP Khabar२०७६ भाद्र २९, आईतबार (४ साल अघि) ४६८ पाठक संख्या

भाद्र , २९ : युनाइटेड किंगडमको सबैभन्दा ठूलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेटको सिट चोरी भएको छ ।बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो । उक्त ट्वाइलेट शनिबार बिहान ५ बजे चोरी भएको हो ।

चर्चिल सन् १९४० देखि १९४५ सम्म ब्रिटिसका प्रधानमन्त्री रहेका थिए ।उक्त ट्वाइलेट इटालियन कलाकार माउरिजिओ क्याटलानले प्रदर्शनीका लागि राखेका थिए । जुन यही बिहीबार सर्वसाधारणका लागि खुला गराइएको थियो ।

घटनापछि ६६ वर्षीय एक पुरुष चोरसँग साँठगाँठ भएको भन्दै पक्राउ परेका छन् । उक्त ट्वाइलेट ब्लेन्हेम प्यालेसभित्र विन्स्टन चर्चिल जन्मिएको कोठाको अर्कोपट्टीको कोठाभित्र राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस