आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दसैंअघि सार्वजनिक सवारी–साधनको भाडा नबढ्ने

AuthorAP Khabar२०७६ भाद्र २९, आईतबार (४ साल अघि) ३७९ पाठक संख्या

भाद्र , २९ : दसैंअघि सार्वजनिक सवारी–साधनको भाडा नबढाउने सरकारले निर्णय गरेको छ ।भाडा समायोजन नियमित गर्नुपर्ने भएपनि दसैंअगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्नेगरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनकाअनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागिसमेत कार्यक्रम छुट्याइएको छ । दसैं, तिहार, छठलगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएरमात्रै समायोजन हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस