आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘टुहुरो कुण्डली’को अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’

AuthorAP Khabar२०७६ भाद्र २९, आईतबार (४ साल अघि) १९३० पाठक संख्या

भाद्र , २९ : युवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’को अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ सार्वजनिक भएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपालले हालै अनामनगरको मुल सडकमा पुस्तक विमोचन गरेको हो । कार्यक्रममा पत्रकार भैरब रिसाल, मोहनबहादुर के.सी. इन्जिनियर दुर्गा वस्थी, स्वास्थ्यकर्मी प्रदिप रिमाल, समालोचक ज्ञाननिष्ठ ज्ञवली, पुस्तक अनुवादक रिषी न्यौपाने लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पत्रकार भैरव रिसालले साहित्यकारले सामाजिक तड्क भड्क र महंगो रुपमा पुस्तक लोकार्पण गर्ने परिपाटी छिचोल्दै लेखक फुलाराले जिरो ब्यालेन्समा पनि पुस्तक बिमोचन गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए ।त्यसैगरी ‘टुहोरो कुण्डली’ पुस्तकका अनुवादक रिषी नौपानेले पुस्तकमा भौगलिक आञ्चलिकता रहेको र समाजले भोगेका मानवीय घट्नालाई यथार्थ रुपमा चित्रण गरेको बताए । पुस्तक मानवीय करुणारसले भरिएकोले आफुले अँग्रेजीमा अनुवाद गर्न पाएकोमा खुशी व्यक्त गरे ।

नेपाली साहित्य इतिहासमा सम्भवत पहिलोपटक मूल सडकबाटै पुस्तक विमोचन भएकोमा नयाँ शैलीको प्रयोग र फरक जनसमुदायमा उदाहरणीय रहेको भन्दै युवा लेखक फुलारालाई को काममो धेरैले प्रशंसा गरे ।उपन्यासकार तथा फुलारा लिट्रेचर फाउण्डेशन नेपालका अध्यक्ष समेत रहेका भीष्मराज फुलाराले आफु बाँचेको समाज र समयलाई चित्रण गर्दै तीन वर्ष लगाएर उपन्यास तयार पारेको बताए । उनले उपन्यास करुणा, दयामाया, सद्भाव र सहानुभूति जस्ता संवेदना उठान गरेर लेखेको बताउँदै पढेर प्रतिकृया दिन आग्रह गरे ।

फुलारा लिट्रेचर फाउण्डेशन नेपालले बजार ब्यबस्थापन सम्हालेको यो पुस्तकको मूल्य ५५० रहेको छ ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस