आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटनामा परी ३९ बेपत्ता

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) ४६७ पाठक संख्या

भाद्र , ३० : भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी ३९ जना व्यक्ति वेपत्ता भएका छन् ।यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुङ्गा दुर्घटनामा परेको थियो । त्यस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यस डुङ्गामा ७३ यात्रु रहेका र यसमा २६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रहरी अधिकारी आद्नान आज्मीले बताएका छन ।

करिब ३ सय व्यक्तिहरुले डुङ्गा तथा हेलिकोप्टरको समेत प्रयोग गरी हराइरेहका व्यक्तिहरुको खोजी कार्यलाई जारी राखेका बताइएको छ । खोजी अभियानमा भारतीय नौसेना र राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) पनि संलग्न रहेका जनाइएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस