आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

AuthorAP Khabar२०७६ भाद्र ३१, मंगलबार (४ साल अघि) ३०३ पाठक संख्या

भाद्र , ३१ : अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको छ ।सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । मूल्य निर्धारण नभएर बिक्री हुन नसक्दा यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा त्यतिकै थन्किएको छ ।

तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुन सकेको छैन्, स्थानीयवासी उमेश बोहराले भने, ‘यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा सङ्कलकहरु बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् ।’ यार्सागुम्बाको बजार मूल्य नतोकिनु र मूल्य गिरावट आउँदा सङ्कलकहरु निराश भएका छन् । विगतमा यार्सागूम्बाको सिजनपछि स्थानीयवासीको खण्डेश्वरी बजारमा चहलपहल बढ्थ्यो । तर यो पटक भने खण्डेश्वरी बजार सुनसान जस्तै छ ।

दार्चुला बजारमा समेत कारोबार घटेको छ । पसल सुनसान छन्, दशै नजिकै पुग्ने बेला पनि बजारमा व्यापारी देखा परेका छैनन्, उनले भने । यो यार्सागुम्बाको कारोबार हुने समय हो । व्यापारी र सर्वसाधारणको बजारमा चहलपहल हुने बेला सुनसान छ । ‘यार्सागुम्बाको चीनमा समेत मूल्य नभएको कारण बिक्री हुन नसकेको यार्सा व्यापारी धनसिंह जागरीले बताए । अहिले व्यापारी काठमाडौं समेत आएका छैनन् । ‘मोटो यार्सागुम्बाको रु सात आठ लाख प्रतिकिलो भन्छन्’, उनले भने, ‘सामान्य यार्सागुम्बा पनि प्रतिकिलो रु तीन चार लाखमा बिक्री हुने अवस्था छैन् ।’ उनले यार्सागुम्बाको मूल्यमा आएको ह्रासका कारण गाउँमै यार्सागुम्बा थन्किएको बताए ।

जडीबुटीको राजश्व घटाइयो

अपि नाम्पा संरक्षण व्यवस्थापन परिषद्ले जिल्लामा सङ्कलन हुने जडीबुटीको राजश्व शुल्क घटाएको छ । उद्योग वाणिज्य सङ्घ दार्चुला र जडीबटी व्यवसायी सङ्घले हालसम्म जडीबुटीमा लिएको राजश्व बढी भएको भन्दै घटाउन आग्रह गरेपछि शुल्क घटाइएको हो ।।यसअघि परिषद्ले जडीबुटी व्यवसायीबाट यार्सागुम्बामा प्रतिकिलो ग्राम दुई हजार पाँच सय, सतुवा प्रतिकिलो रु १०० वनलसुन प्रतिकिलो रु ३०० र साधारण च्याउ प्रतिकिलो रु ५० राजस्श्व लिँदै आएको थियो ।

जिल्लाका जडिबुडी व्यवसायीहरुले जडिबुडीमा महंगो राजस्व तिर्नुपरेको भन्दै घटाउन आग्रह गरेका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष मंललसिह ठगुन्नाको नेतृत्वमा गएको टोलीले संरक्षण व्यवस्थापन परिषदलाई ज्ञापन बुझाउँदै जडिबुडीको राजस्व घटाउन आग्रह गरेका थिए ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस