आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानमा भएका दुई आत्मघाती विस्फोटमा परेर ४८ को मृत्यु

AuthorAP Khabar२०७६ आश्विन १, बुधबार (४ साल अघि) ३५९ पाठक संख्या

असोज , १ : अफगानिस्तानका दुई शरहमा भएको आत्मघाती आक्रमणमा कम्तिमा ४८ जना मारिएका छन् । आक्रमणमा घाइते हुनेको संख्या ४० रहेको अधिकारीले जनाएका छन् ।दुई मध्य एउटा आक्रमण राष्ट्रपति अशरफ घानीको ¥यालीमै भएको थियो । मंगलबारको पहिलो आत्मघाती विस्फोट मोटरसाइकलमा सवार आत्मघाती हमलावरले गराएका थिए ।आक्रमणबाट घानीलाई कुनै चोटपटक नलागेको र उनी सुरक्षित भएको खबर छ । घानीका चुनावी अभियानका प्रवक्ताले पनि यसको पुष्टि गरेका छन् ।

घानीले परवान प्रदेशको राजधानी चारिकारमा सम्बोधन गर्ने कार्यक्रम थियो । तर आक्रमणपछि कार्यक्रम बिथोलियो । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।आत्मघाती आक्रमणकर्ताले विस्फोटक पदार्थले भरिएको मोटरसाइकललाई घानीको ¥यालीको गेटमा ठक्कर दिएका थिए ।गृह मन्त्रालयका प्रवक्ता नस्रत रहिमीका अनुसार घानीको ¥यालीमा मर्नेमध्य चार जना सेना पनि छन् ।परवन अस्पतालका प्रमुख अब्दूल कसिम संगिनले मर्नेमा बालबालिका पनि रहेको र मृतकको संख्या बढ्न सक्ने चिन्त व्यक्त गरे ।

काबुलमा दोस्रो विस्फोट
चारिकारमा विस्फोट भएको एक घण्टापछि दोस्रो विस्फोट भएको थियो । आक्रमण रक्षा मन्त्रालय, अमेरिकी दुतावास र नाटोको मुख्यालय रहेको काबुलको ग्रिन जोन क्षेत्रमा भएको थियो ।
राजधानीमा भएको उक्त विस्फोटको जिम्मा पनि तालिवानले लिएको छ र यो पनि आत्मघाती विस्फोटनै भएको उसले दावी गरेको छ ।काबुलको विस्फोटमा २२ मारिएको र ३८ घाइते भएको गृहमन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

यही महिनाको अन्त्यतिर हुन लागेको अफगान राष्ट्रपतिय निर्वाचनलाई लक्षित गरेर अफगानिस्तानभरी आक्रमणमा वृद्धि भएको छ ।तालिवानले सेप्टेम्बर २८ को मतदानलाई अवरोध गर्नको लागि अफगान सरकार र विदेशी फौजविरुद्धको आक्रमणलाई थप वृद्धि गर्ने चेतावनी दिएको छ ।अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको सम्झौता अन्तिम समयमा आएर रद्द गरेका थिए । उक्त सम्झौतामा अमेरिकी फौज अफगानिस्तानबाट फर्कने र त्यसको बदलामा तालिवानले आक्रमण रोक्ने प्रमुख बुद्धा थिए ।

अफगान सरकारको सहभागिताबिनै भइरहेको उक्त वार्तालाई वृहद शान्ती वार्ता प्रयासको सुरुवात ठानिएको थियो ।मंगलबार एक जना तालिवानी प्रवक्ताले आफूहरु इरानी अधिकारीसँग वार्तामा रहेको पुष्टि गरेका छन् । इरानको विदेश मन्त्रालयले पनि यसको पुष्टि गरेको छ ।इरानको विदेश मन्त्रालयले यसबारेमा स्पष्टोक्ती दिदैं भनेको छ ,‘ इरान अफगानिस्तानका सम्पूर्ण पक्षसँग वृहद सम्वादमा रहेको अवस्थामा तालिवानसँगको पछिल्लो भेटवार्ता भएको हो ।’

अमेरिका र तालिवानबीच शान्ती वार्ता रद्द भएपछि तालिवानले हिंसामा वृद्धि गर्दा पनि अफगान सरकार निर्वाचन गराउने आफ्नो प्रतिवद्धतामा अडिग देखिन्छ ।अफगानिस्तानले यो निर्वाचनमा हिंसाको वृद्धि हुने कुरालाई मध्यनजर राखेर ७० हजार सुरक्षा फौजन परिचालन गरेको छ ।सुरक्षाको राम्रो व्यवस्था दिनको लागि यस अघि ७ हजारको संख्यामा रहेको निर्वाचन केन्द्र पनि ५ हजार मात्र बनाइएको छ ।अफगानिस्तानमा सन् २०१६ जनवरी यतामात्रै २५६ वटा आक्रमण भएकोमा त्यसबाट ३९३२ मारिसकेका छन् । यो वर्षको सेप्टेम्बर महिनामा मात्र ६० मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस