आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

म्याड्रिड फर्कने हल्लाबारे यसो भन्छन् मोरिन्हो

AuthorAP Khabar२०७६ आश्विन ४, शनिबार (४ साल अघि) ३०७ पाठक संख्या

असोज , ४ : ट्रान्सफर मार्केटमा ठूलो धनराशी खर्च गरेपनि स्पेनिस महारथी रियल म्याड्रिडले नयाँ सिजनमा सुखद सुरुवात गर्न सकेको छैन ।घरेलु लिगमा भालाडोलिड र भिल्लारियालसँग बराबरीमा रोकिएको रियल च्याम्पियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनसँग ३–० को लज्जास्पद हार बेहोर्न बाध्य बन्यो ।योसँगै पूर्व प्रशिक्षक जोसे मोरिन्हो जिनेदिन जिदानको स्थानमा पुनः रियल म्याड्रिड फर्कने चर्चा चल्न थालेको छ ।

यद्यपि, पोर्चुगिज प्रशिक्षकले ती हल्लाहरुलाई खारेज गरेका छन् । रियलकै पूर्व म्यानेजर रहिसकेका मोरिन्हो रियलको स्थिति सोचेजस्तो खराब नभएको जिकिर गर्छन् ।ला लिगामा रियल शीर्ष स्थानमा रहेको सेभियाभन्दा मात्र दुई अंकले पछि रहेको छ । ‘उनीहरु तेस्रो कि चौथो छन्, होइन ? पहिलोभन्दा निकै नजिक,’ डेर्पोटेस कुआर्टोसँग कुरा गर्दै मोरिन्होले भने ।‘यो खराब स्थिति होइन । लिगको टेबललाई हेर्ने हो भने उनीहरु शीर्ष स्थानभन्दा टाढा छैनन् । अब सेभियालाई हराएको खण्डमा उनीहरु शीर्ष स्थानमा पुग्न सक्छन् । बार्सिलोना उनीहरुभन्दा पछि छ भने एथ्लेटिको मात्र एक अंकले अघि छ ।’

जिनेदिन जिदानको स्थानमा रियल जाने मिडिया रिपोर्टलाई खारेज गर्दै उनले फ्रेन्च म्यानेजरले यो सिजन रियलमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे ।‘जिदानले आफ्नो जीवन फुटबलमा बिताएका छन् । र, मेरो नाम त्यहाँ जोडिँदा मलाई मनपर्दैन । धेरै ठाउँमा समस्या हुन्छ । तर, सम्मान भन्ने कुरा पनि हुन्छ,’ उनले भने ।‘म त्यहाँ फर्कन चाहन्न किनभने उनीहरुसँग अहिले म्यानेजर छ । पहिले नै म्यानेजर भएको टोलीलाई म प्रशिक्षण गर्न सक्दिनँ । कसैले केही बोल्दा क्लबको सम्मान गर्नुपर्छ अनि म्यानेजरको पनि किनभने उनी कुनै अर्को म्यानेजर मात्र होइनन् । मलाई आशा छ सबै समस्या समाधान हुनेछ ।’

उनले म्याड्रिड, बार्सिलोना, एथ्लेटिको, म्यान्चेस्ट युनाइटेड र चेल्सीजस्ता टोलीहरुमा ठूलो अपेक्षा हुने भएकोले यस्ता हल्ला फैलिने गरेको बताए ।
रातोपाटी ;

प्रतिक्रिया दिनुहोस