आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तेल भण्डारमा आक्रमण : अमेरिकाले साउदी अरबमा सैनिक पठाउने

AuthorAP Khabar२०७६ आश्विन ४, शनिबार (४ साल अघि) ४२३ पाठक संख्या

असोज , ४ : साउदी अरबमा रहेको तेलको भौतिक पूर्वाधारमाथि लगातार आक्रमण हुन थालेपछि अमेरिकाले त्यहाँ आफ्नो सैनिक पठाउने घोषणा गरेको छ ।डिफेन्स सेक्रेटरी मार्क एस्परले सञ्चारकर्मीहरुसँगको कुराकानीमा साउदी अरबमा अमेरिकी सेनाको परिचालन ‘रक्षात्मक शैली’ मा हुने जानकारी दिएका हुन् । यद्यपि, कति संख्यामा सैनिक पठाउनेबारेमा भने निर्णय भइसकेको छैन ।गत हप्ता साउदी अरबमा रहेका दुईवटा तेल भण्डारमा आक्रमण भएको थियो । त्यसमा यमनमा रहेको हुथी विद्रोहीहरुको हात रहेको बताइएको छ ।

विद्रोहीहरुलाई इरानले सहयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।अमेरिका र साउदी अरेबिया दुवैले भने उक्त हमलामा इरान नै दोषी भएको आरोप लगाएको छ ।गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गर्दै आफूले इरानसँग सैन्य द्वन्द्व नचाहेको संकेत गरेका थिए ।एस्परका अनुसार साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सले अमेरिकासँग सहयोग माग गरेको कारण त्यस क्षेत्रमा अमेरिकी सैनिक परिचालन गर्न लागिएको हो ।अमेरिकी सेनाले त्यहाँ हवाई र क्षेप्यास्त्र रक्षात्मक प्रणालीलाई सुद्धृढ बनाउन मद्दत गर्नेछ र दुवै देशलाई सैन्य सामग्री प्रदान गर्नेछ ।

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जेनेरल जोसेफ डनफोर्डले निकै सानो संख्यामा अमेरिकी सैनिक परिचालन हुने भन्दै संख्याले हजारको आँकडा नछुने बताए । उनले कस्ता–कस्ता सैनिकहरु पठाउन लागिएको भन्ने बारेमा भने खुलाउन चाहेनन् ।न्युयोर्क टाइम्सका अनुसार पत्रकारहरुले ‘अमेरिकाले इरानमाथि सैनिक कारवाहीको बारेमा सोचिरहेको हो ?’ भन्ने प्रश्न गर्दा एस्परले आफूहरुले हाल त्यसबारेमा केही नसोचेको प्रतिक्रिया दिएका थिए ।

गत हप्ता अब्काइक र खुराइसमा रहेको तेलको पूर्वाधारमा हमला भएको थियो । जसको कारण विश्वकै तेल आपूर्तीमा असर देखिएको थियो ।बुधबार साउदी सरकारले हमलामा प्रयोग भएका ड्रोन र क्रुज मिसाइल प्रदर्शन गर्दै उक्त आक्रमणमा इरानी संलग्नता भएको प्रमाणित भएको दाबी गरेको थियो । अहिले कहाँबाट आक्रमण भएको भन्ने सही स्थान पहिचान गर्ने काम भइरहेको पनि जानकारी दिइएको थियो ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस