आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आलिया र रणवीरलाई आइफा अवार्ड

AuthorAP Khabar२०७६ आश्विन ४, शनिबार (४ साल अघि) ४५८ पाठक संख्या

असोज , ४ : फिल्म ‘राजी’ले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड प्राप्त गरेको छ । राजीमा अभिनय गरेकी अभिनेत्री आलिया भट्टलाई सर्वश्रेष्ठ अभिनेत्रीका रूपमा अवार्ड प्रदान गरिएको छ । फिल्म ‘पद्मावत’मा अभिनय गरेबापत अभिनेता रणवीर सिंहलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्रदान गरिएको छ ।

फिल्म ‘धडकन’का लागि ईशान खट्टर र ‘केदारनाथ’का लागि सारा अली खानलाई बेस्ट डेब्यु अवार्ड प्रदान गरिएको छ । ‘अन्धाधुन’का लागि श्रीराम राघवनलाई सर्वश्रेष्ठ निर्देशकको अवार्ड प्रदान गरिएको छ ।

एकेडेमी अवार्डको यो २०औँ संस्करण हो । अवार्ड कार्यक्रम मुम्बईमा आयोजना गरिएको थियो । अर्जुन कपुर र आयुष्मान खुरानाले अवार्ड कार्यक्रम होस्ट गरेका थिए । कार्यक्रममा सलमान खान, रणवीर सिंह, बिक्की कौशल, माधुरी दीक्षित, क्याट्रिना कैफ, सारा अली खानले प्रस्तुति दिएका थिए ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस