आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

AuthorAP Khabar२०७६ आश्विन ५, आईतबार (४ साल अघि) ३०५ पाठक संख्या

असोज , ५ : वर्षाले पाँच दिनसम्म रोकिएको प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले शनिबार सम्पन्न फाइनलमा आर्मीमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो । उपाधिसँगै पुलिसले पाँच लाख तथा उपविजेता आर्मीले तीन लाख जितेका छन् । गत सोमबार तेस्रो सेट चलिरहँदा वर्षा भएको थियो । वर्षाले खेल रोकिनुअघि दुवै टोलीले समान एक–एक सेट जितेका थिए ।

तीन अंकले पछाडि
पाँच दिनको प्रतीक्षापछि सम्भव भएको उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा थियो । तर, पुलिसले आर्मीका मुख्य खेलाडी नभएको फाइदा उठाउँदै तीनै सेटमा दबाब बनायो । पुलिसले लगातार तीनै सेट आर्मीलाई २५–२२ को स्कोरमै हराउँदै पहिलो संस्करणको प्रकाश दाहाल स्मृति भलिबल उपाधि हात पार्‍यो ।

धनबहादुर उत्कृष्ट खेलाडी
प्रतियोगितामा उपविजेता टोलीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट उपाधिसहित धनबहादुरलाई आयोजकले अपाचे बाइक प्रदान गरेको छ । यसैगरी, व्यक्तिगत विधातर्फको ब्लकरमा तेस्रो स्थानमा रहेको गण्डकीका याम क्षेत्री उत्कृष्ट चुनिए । पुलिसका कुलबहादुर थापा उत्कृष्ट स्पाइकर घोषित भए । राष्ट्रिय टोलीका समेत कप्तान पुलिसका इम रानामगर उत्कृष्ट सेटर घोषित भएका छन् ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस