आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हुथी विद्रोहीले गर्‍यो शान्ति प्रक्रियाको प्रस्ताव, युद्धको अन्त्य गर्ने चाहना

AuthorAP Khabar२०७६ आश्विन ५, आईतबार (४ साल अघि) ४२५ पाठक संख्या

असोज , ५ : साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा हालै आक्रमण गरेको दाबी गर्ने यमनको हुथी विद्रोहीले शान्ति प्रक्रियाका लागि प्रस्ताव गरेको छ ।
वक्तव्य जारी गर्दै हुथी विद्रोहीले युद्धको अन्त्य गर्न चाहेको सन्देश दिन दिएको छ । अघिल्लो हप्ता विद्रोही समूहले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएको जिम्मेवारी लिएको थियो ।

त्यसमा इरानको हात रहेको भन्दै साउदी अरेबिया र अमेरिकाले आक्रामक अभिव्यक्ति दिएका थिए ।अमेरिकाले साउदी अरेबियामा सेना पठाउने समेतको तयारी गरिरहेको बेलामा हुथीका तर्फबाट पछिल्लो अभिव्यक्ति आएको हो ।

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणका कारण तेलको उत्पादनमा व्यापक कटौती भएको र त्यसको विश्वव्यापी रुपमा असर परिसकेको जनाइएको छ । इरानले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।हुथी विद्रोहीको पछिल्लो प्रस्तावलाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस