आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्दै

AuthorAP Khabar२०७६ आश्विन ५, आईतबार (४ साल अघि) ३६५ पाठक संख्या

असोज , ५ : यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
हलचोकस्थित एपीएफको खेल मैदानमा आज हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ ।

खेल दिउँसो तीन बजे सुरु हुनेछ । भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । यसअघि उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।तर भुटानविरुद्ध भने नेपाल स्पष्ट जितको खोजीमा हुनेछ ।

नेपालले यो संस्करणको पनि उपाधि जित्दै ह्याट्रिक बनाउने लक्ष्यमा छ ।यसअघि सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस