आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युनिटी क्लब विरगंज सेमिफाईनलमा

AuthorAP Khabar२०७६ आश्विन ६, सोमबार (४ साल अघि) ३७० पाठक संख्या

एपी खबर
जीतपुर, अशोज ६ : रामबनमा जारी “प्रथम रामबन टाँडी गोल्ड कप २०७६” को पाचौँ दिन २–० को गोल निकाल्दै युनिटी क्लब विरगंज सेमिफाईनलमा प्रवेस गरेको छ । सोमवार भएको क्वाटर फाईनल खेलमा विरगंज युवा स्पोर्टसलाई २–० ले हराउदै युनिटी क्लब विरगंज सेमिफाईनलमा प्रवेस गरेको हो ।

निर्धारित ७० मिनेटको खेलमा युनिटीका लागि जर्सी नम्बर १० का राधेश्याम चौधरीले पहिलो गोल गरेको थिए भन ११ नम्बरका अमर डंगोलले दोस्रो गोल गर्दै जीत सुनिस्चित गरेको थिए ।

खेलको पहिलो हाफको १२ औँ मिनेटमा युनिटी क्लबका चौधरीले गरेको क्रस विरगंज युवा स्पोर्टसका खेलाडीको मिस फिल्डका कारण गोलमा परिणत भएको थियो । त्यस्तै खेलको ६७ औँ मिनेटमा डिबक्सबाट छक्याउदै डंगोलले बललाई नेट चुमाएसंगै युनिटीले २–० को अग्रता लिएको थियो ।

यस अघि युनिटीका लागि २९ औँ मिनेटमा विवेक चौधरीले प्रहार गरेको बल गोल पोष्टमा लागेर फर्केको थियो । निकै नै रोमाञ्चक भएको यस खेलमा विरगंज युवा स्पोर्टसले डिफेन्स राम्रो खेलेपनि फिनिसिङ्ग राम्रो नहुदा हार बेहोर्नुपरेको हो ।

खेलको म्यान अफ दि म्याच युनिटी क्लब विरगंजका प्रशान्त भुजेल भएका थिए । मंगलबार बारा ११ र हेटौँडा फुटबल एकेडेमी बिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस