आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईलाका प्रशासन कार्यालय सिमराद्धारा जीतपुर बजारको अनुगमन

AuthorAP Khabar२०७६ आश्विन ६, सोमबार (४ साल अघि) ४९२ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज ६ : ईलाका प्रशासन कार्यालय सिमराले जीतपुरको बजार अनुगमन गरेको छ । नजीकिदै गरेको नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठको बेला बजारमा हुन सक्ने कालोबजारी तथा उपभोक्ता ठगिलाई रोक्न यो अनुगमन गरीएको हो ।

अनुसन्धान अधिकृत सहित आएको टोलीले जतिपुरबजारमा रहेको तरकारी बजार, मासु पसल तथा होटलहरुको अनुगमन गरेको थियो । यस क्रममा बजारमा खासै केहि नराम्रो नरहेको अनुसन्धान अधिकृतले जनाएका छन् ।

अनुगमन टोलकिा ईलाका प्रशासन कार्यालय सिमराका शाखा अधकिृत सुरेश दाहालको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य शक्ति गुप्ता, दुर्गाकुमारी रिजाल, ज्ञानिदेवि पासवान, जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका महासचिव शिवजी साह सोनार लगाएत ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोलीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस