आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिकटक बनाउने एयरहोस्टेसलाई चेतावनी

AuthorAP Khabar२०७६ आश्विन ७, मंगलबार (४ साल अघि) ३३२ पाठक संख्या

असोज , ७ : पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई सोसल मिडियामा टिकटक भिडियो सेयर गरेको भन्दै आइन्दा यसो नगर्न चेतावनी दिएको छ ।सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेको देखिएका छन् ।

एक भिडियोमा उनीहरु एयरपोर्टमा थिए जबकी दोस्रो भिडियो उडानको क्रममा बनाइएको छ ।पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका प्रवक्ता मशहुर ताजवरले ड्युटीको क्रममा युनिफर्ममा नै भिडियो बनाएका कारण यी दुई क्याबिन क्रुलाई वार्निङ दिइएको जानकारी दिएका छन् ।पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएको बताएका छन् । त्यसकारण उनीहरुलाई जागिरबाट बर्खास्त गर्नुको साटो चेतावनी मात्र दिइएको बताए ।

यसअघि न्याब (नेशनल अकाउन्टेबिलिटी ब्यूरो) का अध्यक्षले भिडियो ब्लगर ईवा जुबेकलाई नोटिस जारी गरेका थिए जब उनले पाकिस्तानको राष्ट्रिय झण्डालिएर नाचेर एउटा भिडियो बनाएकी थिइन् । त्यसकारण पिआईएका केही अधिकारी अहिलेसम्म अदालतको चक्कर काटिरहेका छन् ।अर्कोतर्फ पिआईएका लागि काम गर्ने एक अधिकारीले भने, ‘यो भिडियो रोचक र ठट्टायुक्त छ । तर दुर्भाग्यवश, हामी त्यस्तो प्रकारको एयरलाइन्स होइनौं जसमा यस्तो मजाकको प्रशंसा गरियोस् । यदि यस्तै इमिरेट्स वा लुफथानसा एयरलाइन्समा हुन्थ्यो भने यो सबै चल्थ्यो । ’
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस