आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेटौडालाई हराउदै बारा ११ प्रतियोगीताको सेमिफाईनलमा

AuthorAP Khabar२०७६ आश्विन ७, मंगलबार (४ साल अघि) ३४९ पाठक संख्या

एपी खबर
जीतपुर, अशोज ७ : हेटौडा फुटबल एकेडेमीलाई हराउदै बारा ११ प्रतियोगीताको सेमीफाईनलमा आफ्नो स्थान सुरक्षीत गरेको छ । मंगलबार रामबनमा जारी प्रथम रामबनटाँडी गोल्ड कप २०७६ फुटबलमा बारा ११ ले २–० को जित निकाल्दै प्रतियोगीताको सेमिफाईनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

बारा ११ विरुधको खेलमा स्कोर निकाल्न नसक्दा हेटौडालाई अन्तिमसम्म संघर्ष गर्नुपरेको थियो । खेलको पहिलो हाफमा १–० ले पछि परेको हेटौडा विरुध बाराले दोस्रो हाफको शुरुमै गोल थपेपछि हेटौडा दबाबमा परेको हो ।

बारा ११ को जीतका लागि सागर चौधरीले नै दुई गोल गरेका थिए । पहिलो हाफको २२ औ मिनेटमा ३० यार्डबाट सागरले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो गोल पश्चात बाराले हेटौडालाई पुरै दबाबमा राखेको हो ।

पहिलो हाफमा १–० को अग्रता लिएको बाराले दोस्रो हाफको ३ मिनेटमै दोस्रो गोल गरेको थियो । दोस्रो गोलका लागि जर्सि नम्बर १० का विवेक चौधरीको क्रसलाई सदुपयोग गर्दै सागरले बललाई जाली चुमाउन सफल भएका थिए । प्रतियोतिामा उत्कृषट खेल प्रदर्शन गरेका सागर चौधरी म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा बुधवार सेमिफाईनलका लागि निजगढ नगरपालिका–११ र युनिटी क्लब विरगंज बिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस