आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रात्रिकालीन टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलाे टिम बन्याे जनकपुर

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ३५० पाठक संख्या

असोज , ९ : सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा जनकपुर टिम प्रवेश गरेको छ ।वीपी केआइएचएस धरानलाई ६ विकेटले पराजित गरेको जनकपुर सेमिफाइनल पुग्ने प्रतियोगिताको पहिलो टोली बनेको छ ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा धरानले दिएको ७८ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छँदै ४ विकेट क्षतिमा भेटायो ।जनकपुरका लागि रोनक रतनामले २३, विशाल सुसलिङले १९ तथा हरिशंकार साहले १८ रन बनाए । बलिङ तर्फ धरानका प्रमोदमान सिंह यादवले २ तथा दिलिप गुप्ता र शशी रनजनले १÷१ विकेट लिए ।जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रेको धरानले ११ ओभरमा सबै विकेट गुमाएर ७७ रन जोडेको थियो । उसकालागि सुभाष चन्द्रले ३७ र प्रदीप राउतले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

जनकपुरका राहुल प्रताप सिंहले ४ तथा शमसाद शेखले ३ विकेट हात पारे ।खेलको म्यान अफ दी म्याच प्रताप सिंह घोषित भए । प्रतियोगिता अन्र्तगत आजको खेल आयोजक फूलबारी क्रिकेट क्लब इनरुवा र एपीएफबिच हुनेछ । आजको बिजेता समूह ए बाट सेमिफाइनल पुग्ने दोस्रो टोली बन्नेछ ।

प्रतिक्रिया दिनुहोस