आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दशैंका लागि खसी–बोकाको बिक्री वितरण सुरु, प्रतिकेजी ५५० रुपैयाँ मूल्य निर्धारण

AuthorAP Khabar२०७६ आश्विन १३, सोमबार (४ साल अघि) ४०० पाठक संख्या

असोज , १३ : सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि बिक्रीवितरण सुरु गरेको छ ।सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसरभित्र सोमबारबाट दशैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्रीवितरण सुरु गरेको हो ।

खसी,बोकाको प्रतिकेजी रु ५५० र च्याङग्राको प्रतिकेजी रु ७३० रुपैयाँ मूल्यमा बिक्री वितरण सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।हाल बजारमा जीउँदो खसी बोकाको मासु प्रतिकेजी रु ६२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ ।विभागले सरकारले सुपथ मूल्यमा बिक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र बीरगञ्जबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि बिक्रीमा राखेको छ ।२ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा बिक्री वितरण गर्ने सरकारको तयारी छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस